ओलीले मोदीलाई सोध्न सक्नुपर्छ, सुगौली सन्धि मान्ने कि नमान्ने ?’
७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि
3 views
९ मंसिर, काठमाडौं । पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल नेपाली भूमि भारतले अतिक्रमण गरेको विषयमा समाधान खोज्ने सबैभन्दा उपयुक्त अवसर आएको बताउँछन् । नेपालमा दुईतिहाइ बहुमत र भारतमा पनि निर्णय गर्न सक्ने बलियो सरकार भएकाले यो विषय अहिले नै सल्टाउनुपर्ने उनको धारणा छ ।
दार्चुलाको प्रमुख जिल्ला अधिकारी भएका बेला ०३८ सालमा सीमा अतिक्रमणसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा बुझाएका ढुंगेल भन्छन्, ‘कालापानी नेपालकै हो भन्ने कुरा त्यहाँ बसेका भारतीय अधिकारीले मसँग स्पष्ट शब्दमा सकारेका थिए, जुन मैले प्रतिवेदनमा उल्लेख गरेको छु ।’
सीमा बचाउ अभियानमा समेत सक्रिय डा. ढुंगेल प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सीमा जोगाउने ऐतिहासिक अवसर पाएको बताउँछन् । उनी भन्छन्, ‘फिर्ता ल्याउने पहल अहिले नगरे लिम्पियाधुरा सधैँका लागि जान सक्छ ।’
Leave a Reply