दुईवटी श्रीमतीका नाममा बैंक अधिकृतले गरे ३४ करोड घोटला

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

6 views

काठमाडौं : कृषि विकास बैंक स्वयम्भूका तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतमलाई ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको छ। शाखा अधिकतृ गौतमले नक्कली नागरिकता बनाएर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो। आफ्नो नाम तेजबहादुर थापा बनाएर उनले नागकिरता तथा राहदानीसमेत लिएको पाइएको छ।अख्तियारले उनका दुई श्रीमतीसहित ८ जनालाई पनि प्रतिवादी बनाइएको छ। कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ दोषी करार गरेर अख्तियारले मुद्दा दायर गरेको छ। उनलाई ३४  करोड नै बिगो मागदाबी गरिएको छ। शाखा अधिकृत गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानिनोक्सी पुर्‍याएको अख्तियारको दाबी छ।   बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। गौतमकी जेठी श्रीमती सम्झना पोखरेल गौतम र कान्छी श्रीमती जेनी श्रेष्ठ गौतम उक्त रकम दुरुपयोग गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।  जेठी श्रीमती सम्झना पोखरेल गौतमले आफ्ना श्रीमान गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको भेटिएको छ। त्यस्तै जेठी श्रीमती पोखरेल गौतममाथि गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेचेर अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुराशयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइसराइ गरी गएको आरोपपत्रमा उल्लेख छ। अख्तियारका अनुसार गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदाहुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.