टेलर स्विफ्टको नयाँ रेकर्ड

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

12 views

अमेरिकन म्युजिक अवार्ड (एएमए) मा गायिका टेलर स्विफ्टले सबैभन्दा बढी एएमए जित्ने नयाँ रेकर्ड कायम गरेकी छिन्। आइतबार भएको अवार्ड समारोहमा स्विफ्टले विभिन्न ६ विधामा अवार्ड हात पारिन्। यो अवार्डसँगै डेढ दशकको करियरमा २९ वर्षीया स्विफ्टले २९ एएमए जितेर नयाँ रेकर्ड कायम गरेकी हुन्। जबकि यसअघि सबैभन्दा बढी एएमए अवार्ड जित्ने रेकर्ड दिवंगत गायक माइकल ज्याक्सनको नाममा थियो। उनले २४ एएमए अवार्ड जितेका थिए। यसपालि स्विफ्ट आर्टिस्ट अफ दी इयरसँगै उत्कृष्ट फिमेल आर्टिस्ट, उत्कृष्ट समकालीन एडल्ट आर्टिस्ट तथा आर्टिस्ट अफ दी डिकेड (दशक) अवार्ड पाउने भाग्यमानी बनिन्। त्यस्तै उत्कृष्ट म्युजिक भिडियो विधामा उनको ‘संग यु निड टु कम डाउन’ तथा उत्कृष्ट एल्बम विधामा उनको एल्बम ‘लवर’ ले अवार्ड पायो। जब स्विफ्टलाई ‘आर्टिस्ट अफ दी डिकेड अवार्ड’ले सम्मानित गरियो, कार्यक्रममा उपस्थित उनकी आमा एन्ड्रिया स्विफ्टले खुसीले गद्गद् हुँदै आँसु झारिन्। स्तन क्यान्सरले पीडित एन्ड्रिया बिरामी भएर पनि छोरीको कार्यक्रममा उपस्थित थिइन्। एजेन्सी

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.