रातमा पनि सडक निर्माणको काम

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

8 views

बारा- महागढीमाई नगरपालिकको बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलामा आउने श्रद्धालुहरुको सवारी साधनहरुलाई सजिलो र राहत दिनको लािग वीरगन्ज –कलैया–बरियारपुर निर्माणाधीन हुलाकी राजमार्गको निर्माण कार्य रातारात गरिएको छ।

वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरको ईनर्वा चोकसम्म लगभग १९ किलोमिटर लामो हुलाकी राजमार्ग निर्माणधीन अवस्थामा रहेको छ। गढीमाई मेलामा आउने श्रद्धालुहरुको राहतको लागि रातमा पनि निर्माण कार्य गरिएको हुलाकी राजमार्ग वीरगन्जबाट कलैया हुँदै गढीमाई मन्दिरसम्म पुग्ने एक मात्र सडक रहेको छ।

२०७७ असार ११ सम्ममा सम्पन्न गर्ने गरि स्वछन्द÷पप्पु÷हिम सगरमाथा जेभीले ८५ करोड ८५ लाखमा निर्माण गर्न २०७४ पुष१२ मा हुलाकी राजमार्ग आयोजनासँग ठेक्का सम्झौता  जनाएइएको छ। वीरगन्ज–कलैया–बरियारपुर निर्माणाधीन हुलाकी राजमार्गको निर्माण गढिमाईको मेला अगाडी नै सम्पन्न गराउनको लागि हुलाकी राजमार्ग निर्देशनालय प्रमुख अशोक तिवारी नेतृत्वको टोलीले काठमाडौंबाट पटकपटक आएर निर्माण कम्पनीलाई ताकेता गर्दा निर्माण कम्पनीले सडकको बाँकी रहेको काम पुरा गर्न रातमा पनि काम गरेको बताइएको छ।

पहिलादेखि नै लगभग ७ मिटरको हाराहारीमा चौडा रहेको बरियारपुर–कलैया–वीरगन्ज सडकलाई अहिले नालासहित १५ मिटर चौडाईमा निर्माण भई रहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना  कार्यालय वीरगन्ज पर्साका प्रमुख राजेन्द्र पाण्डेले बताएका छन्।

हुलाकी राजमार्ग आयोजनासँग ठेक्का स्कार गरिएपछि यसलाई पप्पु कन्स्ट्रक्सनले निर्माण गरी रहेको भए पनि हुलाकी राजमार्ग आयोजनाका अधिकारीहरुको ताकेताले गर्दा अहिलेसम्म यसको निर्माण कार्य ६५ प्रतिशतको हाराहारीमा पुगेको पाण्डेले बताए।

पाँच महिना अघिसम्म सडकको निर्माण कार्य ४५ प्रतिशतको हाराहारीमा रहेकोमा निर्माण कम्पनीलाई गढीमाईको मेला अघि जसरी पनि सडकमा पहिलो तहको कालोपत्रे सक्नुपर्ने ताकेता गर्दा गर्दा पहिलो तहको कालोपत्रे गर्नु कार्य अन्तिम अवस्थामा आएको पाण्डेले बताए। सडकखण्डमा पर्ने ३१ वटा पुल पुलेसाहरु निर्माण सम्पन्न गरिएको पनि कलैया बजार र बघवन बजार क्षेत्रको गरि लगभग डेढ किलोमिटर जति सडक मात्रै पहिलो तहको कालोपत्रे गर्न बाँकी रहेको पाण्डेले बताए।

सडक क्षेत्रमा पर्ने बिद्युतिय पोल, तार र भौतिक संरचना खाली गराउनमा ढिलाई भए पछि निर्माण कम्पनीले यसको निर्माण  कार्य सुस्त गतिमा अगाडि बढाएको थियो। हुलाकी राजमार्गको निर्माण कार्य सुस्त गतिमा भएपछि सर्वसाधरणलाई धुलो र हिलोबाट सास्ती खेप्नु पर्ने बाध्यता भएको थियो।

निर्माण कम्पनीका प्रतिनिधी रहेको जहुर मियाँले हुलाकी राजमार्ग आयोजनाका अधिकारीहरुबाट गढीमाई मेला अगाडी सडक निर्माण गर्नु पर्ने आएको ताकेता अनुसार सडकको निर्माण कार्यमा बढि जनशक्ति परिचालन गर्नु परेको बताए।

शुरुमा सविकको सडकको मध्य भाग देखि दायाँ बायाँ ७.५÷७.५ मिटरभित्रमा परेको विद्युतिय तार, पोल र स्थानीयहरुले निर्माण गरेको भौतिक संरचना हटाउनमा आलटाल गर्दै आए पनि गढीमाई मेला नजिकिँदै गर्दा त्यसलाई सबैको सहयोगमा हटाउन सकिएपछि अहिले कामले तिब्रता पाएको छ।

मंसिर १ गते देखि शुरु भएको गढीमाई पञ्चवर्षीय मेलामा ६० लाख भन्दा बढि श्रद्धालुहरु आउने विश्वास गरिएको छ। महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा लाग्ने मेलामा विश्वमै धेरै पशुबली दिने मेला मध्ये गढीमाई पञ्चवर्षिय मेला पनि गर्ने गरेके छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.