
उर्वशीले आफ्नो परिवारमा थपिएको यो सानो सदस्यको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । उर्वशीले यो पप्पी कसले गिफ्ट दिर्एको भन्ने खुलाएकी छैनन् तर भारतीय मिडिया रिपोर्टमा यो गिफ्ट हार्दिकले नै र्वशीलाई दिएको उल्लेख गरिएको छ । रिपोर्टका अनुसार उर्वशी पालतु जनावरकी सौखिन भएकोले हार्दिकले यो गिफ्ट दिएका हुन् ।
हार्दिक र उर्वशीको इन्स्टाग्राममा पनि यही एउटै कुकुरको बच्चा देख्न सकिन्छ । हार्दिकले पनि त्यही कुकुरको बच्चाको साथमा फोटो खिचाएर पोस्ट गरेका छन् । यसअघि यी दुईबीच प्रेम सम्बन्ध भएको पनि मिडिया रिपोर्टमा दावी गरिएको थियो । सम्बन्धबारे यी दुईले कुनै आधिकारिक बयान भने दिएका छैनन् । यो कुकुरको बच्चा दुवैको इन्स्टाग्राममा देखिनुले यो हार्दिकले नै उर्वशीलाई गिफ्ट दिएको कुरालाई बल पुगेको छ ।
मंसिर १५, २०७६ मा प्रकाशित