सम्बन्ध टुटेपछि युवतीले काटिदिइन् प्रेमीको लिङ्ग

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

8 views

२४ मंसिर, काठमाडौं । प्रेममा धोका पाएपछि मानिसले के-के गर्लान् ? हात काट्ने र आत्महत्या गर्ने गरेका विषय नौला होइनन् । काठमाडौंको बौद्धमा भने अर्को एउटा अनौठो घटना भएको छ । महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध सफल नहुने देखेपछि १९ वर्षीया थिङ थरकी युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी छन् । घटनामा मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका व्यक्ति सख्त घाइते भएका छन् । ती व्यक्ति काठमाडौंको एक होटलमा कर्मचारी हुन् । बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ । प्रहरीका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्छन् भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै विछोड भएको थियो । ‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको देखिन्छ ।’ प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.