लोक सेवा आयोगले निजामति सेवातर्फ माग्यो ७ सय ६८ जना अधिकृत, कहिलेसम्म दिने दरखास्त ?

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

9 views

काठमाडौँ । लोकसेवा आयोगले निजामति सेवा तर्फ अधिकृत पदमा ७ सय ६८ जना कर्मचारी मागगरेको छ । राजपत्राङ्कित तृतीय श्रेणी न्याय सेवा अप्राविधिकतर्फ २५५ जना र राजपत्राङ्कित तृतीय श्रेणी (परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद) संयुक्त र एकीकृततर्फ ५१३ जना कर्मचारी माग गरेको हो । निजामति सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आप्र, खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुले अनलाइन मार्फत आवेदन दिन सक्ने लोक सेवा आयोगद्वारा बुधबार प्रकाशित सूचनामा उल्लेख छ । राजपत्राङ्कित तृतीय श्रेणी न्याय सेवा अप्राविधिकतर्फ खुलामा १३६ जना, महिलामा ३७ जना, आदिवासी/जनजातिमा ३० जना, मधेसीमा ३० जना, दलितमा ११ जना, अपाङ्गमा ६ जना र पिछडिएको क्षेत्रमा ५ जनाको लागि आवेदन माग गरिएको हो । त्यसैगरी राजपत्राङ्कित तृतीय श्रेणी (परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद) संयुक्त र एकीकृततर्फ खुलामा २८३ जना, महिलामा ७७ जना, आदिवासी/जनजातिमा ६१ जना, मधेसीमा ५१ जना, दलितमा २० जना, अपाङ्गमा ११ जना र पिछडिएको क्षेत्रमा १० जनाको लागि आवेदन खुलाइएको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरुले अनलाइन मार्फत पुस १५ गतेसम्म र दोब्बर दस्तुर तिरी पुस २२ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ । उक्त पदहरुमा दरखास्त दस्तुर १ हजार रुपैयाँ र थप समूहको प्रत्येकका लागि ४ सय रुपैयाँ बुझाउनु पर्नेछ । निजामति सेवातर्फका पदहरुको हकमा पुस १५ गते सम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिना तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनु पर्ने जनाइएको छ ।

 

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.