तरुण दलको माग- सागका स्वर्ण विजेतालाई २५ लाख देऊ, खेलकुद मन्त्रीलाई बर्खास्त गर

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

4 views

२५ मंसिर, काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । आयोजक राष्ट्र नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै प्रतियोगितामा दोस्रो भएको छ । यस्तै १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य पदकसहित भारत पहिलो भएको छ । सागमा भ्रष्टाचार भएको दाबी नेपाल र नेपालीको इज्जत बढाएको भन्दै खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेको तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप लगाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’ खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुको चाकरीका लागि राखेपले दौरा सुरुवाल उपलब्ध गराएको तरुण दलको ठहर छ । ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.