सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना, १३ जानाको मृत्यु


सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान थुमपाखरमा दुर्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनले दुर्घटनामा परेर १७ यात्रु घाइते भएको बताए। भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। दुर्घटनाका घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। हालसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

मंसिर २९, २०७६ मा प्रकाशित

140 views

प्रतिक्रिया

मुख्य समाचार