भीम रावलप्रती प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

3 views

काठमाडौं : एकसाता चलेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक आइतबार सकिएको छ। बैठकपछि केही सञ्चार माध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गरे।  रावलले सञ्चारकर्मीलाई स्थायी समिति बैठकका निर्णयबारे फटाफट जानकारी दिए। तर भीम रावलले सञ्चारकर्मीमाझ बोलेकोमा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्। आइतबार राति थापाले आफ्नो फेसबुकमा भीम रावलले मिडियासामू बोलेको भीडियो सेयर गर्दै त्यसको कडा आलोचना गरेका छन्। पार्टीका निर्णय सुनाउने जिम्मा पार्टी प्रवक्ताको भएकोले रावलले प्रवक्ताको काम गर्नु अराजक व्यवहार भएको आरोप थापाले लगाएका छन्। ‘ 'कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी इन्चार्ज रहनुभएको छ। अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ?’ थापाले लेखेका छन्।–‘कुन काम कसको जिम्माको हो ? ख्याल गरिदिने कसले हो त ? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ता जस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ।’ पार्टीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमुख र आफूलाई उपप्रमुख बनाएको स्मरण गराउँदै थापाले पार्टीका निर्णय बाहिर ल्याउने जिम्मा आफूहरुको भएको भन्ने प्रस्ट्याउन खोजेका छन्। ८ घण्टापछि  सोमबार  बिहान थापाले फेसबुकको स्टाटस भने डिलिट गरेका छन्। राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो। अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए। प्रतिवेदनमा एमसीसीबारे प्रस्टता नभएको भन्दै भीम रावलले आफ्नो फरक मत रहेको जनाएका थिए। उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाएका थिए। अध्यक्ष दाहालले सम्झाएपछि रावलले फरक मत फिर्ता लिएको घोषणा गरेका थिए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.