शंकास्पद गतिविधि गरेको आरोपमा ९२ जना चिनियाँ नागरिक पक्राउ

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

4 views

काठमाडौं : काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ९२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाई चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिर्पोट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई बुझाएका थिए। सोही रिर्पोटका आधारमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन्। सोमबार तीन वटै प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेका छन्। ती स्थानमा अहिलेसम्म ९२ जना चिनियाँ नागरिकहरु पक्राउ गरेको स्रोतले बतायो। अपरेशन अहिले पनि जारी छ। प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्नेबारे खुलाएको छैन। प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ नागरिक के का लागि बसेको र किन बसेको भन्ने जानकारी छैन। अधिकांशको भीसाको म्याद समेत सकिएको छ। होटल भनेर बसेपनि कुनै साईनबोर्ड समेत नभएको प्रहरीले जनाएको छ। स्रोतले भन्यो, 'पर्यटक बनेर बसेका छन्। तर होटल भनेर बसे पनि कुनै साईनबोर्ड छैन। हामीले उनीहरुलाई एकै स्थानमा भेला गरेर स्क्रिनिङ गर्छौं।'  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.