वौद्धमा अभियुक्त लामा माथि गोली प्रहार

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

8 views

काठमाडौँ : फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामालाई पक्राउ गर्ने क्रममा वौद्ध प्रहरीले गोली चलाएको छ । लामालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार कर्तव्य ज्यान र ज्यान मुद्दाका अभियुक्त लामा फरार थिए । आइतबार दिउसो बौद्धको टोलीले देखेर पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएको बताइएको छ । प्रहरी टोलीले निजको घुँडामुनि गोली प्रहार गरेको जनाएको छ । लामालाई अहिले उपचारका लागि प्रहरी नियन्त्रणमै वीर अस्पताल लगिएको छ । लामा दुई वर्षअघि सिन्धुपाल्चोकमा भएको विवादका क्रममा गोली हानी हत्या गरेको अभियोगपछि फरार थिए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.