राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

10 views

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारीअनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र बैंकले बताएको छ । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ । विभाग सिल गरेर उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.