आठ दिनपछि ओली-प्रचण्ड बीच छलफल

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

1 views

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहिनता आठ दिनपछि तोडिएको छ। पछिल्लो समय पार्टीको विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच कुराकानी नै बन्द भएको थियो।

बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड बालुवाटार पुगेका छन्।

यसअघि बुधबार प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दाबी गरेका थिए।

एपी-वान टेलिभिजनबाट बुधबार राति प्रसारित  'द ब्राभो डेल्टा सो' मा पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्तामा ओलीले यस्तो दाबी गरेका हुन्।

ओली र प्रचण्डबीच यसअघि साउन २० गते बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.