सुनको भाउमा फेरी दुई हजार चार सय ले वृद्धि


२९, साउन, काठमाडौं । बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ । सातको सुरुआत देखिनै निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो । रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।

साउन २९, २०७७ मा प्रकाशित

170 views

प्रतिक्रिया

मुख्य समाचार