झापा गोलीकाण्ड नालिबेली


१० भदौ, झापा झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको थियो । Video Source- jeevan katwal गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । २ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर एक जनाको मृत्यु भएको थियो । सदरमुकाम ल्याउन खोजेको अभियुक्तलाई प्रहरी छोड्यो  ११ भदौ, झापा । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले गौहत्याको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई छाडेको छ । झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा नेपाल प्रहरी/सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु  भएको थियो । घटनापछि प्रहरीले पक्राउ परेका स्थानीय ५२ वर्षीय अब्दुल सलाम र ५२ वर्षीय ताजबुल हकलाई प्रहरीले छाडेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार दुवै जनालाई झापा गाउँपालिकाको रोहबरमा छाडिएको हो । ‘स्थितिलाई मथ्थर बनाउन र शान्ति सुरक्षा कायम गर्नका लागि छाडिएको हो’, थापाले अनलाइनखबरसँग भने । झापा गाउँपलिका वडा नं. २ का वडाध्यक्ष मोतिलाल गणेशका अनुसार अहिले घटनाबारे स्थानीय जनप्रतिनिधि, पीडित पक्ष, प्रहरी र प्रशासनबीच छलफल गर्ने तयारी भइरहेको छ । उनले अनलाइनखबरसँग भने, ‘मृतकलाई शहीद घोषणा गर्नुपर्ने, प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने जस्ता माग पीडित पक्षले राख्नु भएको छ । त्यसविषयमा छलफल हुन्छ ।’ ONLINEKHABAR  

भदौ ११, २०७७ मा प्रकाशित

166 views

प्रतिक्रिया

मुख्य समाचार