
तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर यो घटना न्युयोर्क को हो । जहाँ १०० बर्ष अगाडि न्युयोर्क मा अवस्थित ब्रन्क्स चिडियाखानाले एक अफ्रिकी किशोरलाई बाँदर राख्ने पिजदामा राखेको मा क्षमायचना मागेको छ । वन्यजन्तु संरक्षण समाजले सन १९०६ मा बेँघा लाई आफ्नो प्रदर्सनी मा राखेको र यस अघी यो घटना लाई बेवास्ता गर्दै आएको थियो ।
अन्दाजी १२ वा १३ बर्षका उनलाई बेल्जियन कङ्गो बाट अमेरिकी ब्यापारी श्यामुएल भेर्नरले बन्धक बनाएर पानीजहाजबाट उनलाई न्यु ओर्लिन्स पुर्याइ लुइस मा आयोजित मेला मा प्रदर्सनी मा राखिएको थियो । उनी सहित अन्य आठ जनालाई जाडो मौसमा मा पर्याप्त कपडा र आवास बिना रखिएको थियो ।
पछी फेरी उनलाई सेप्टेम्बर १९०६ मा न्युयोर्कको ब्रन्क्स चिडियाखाना मा २० दिन सम्म प्रदर्शनी मा राखिएको बिषयलाई लिएर इसाइ धार्मिक नेताबाट
ब्यापक बिरोध भएपछी न्युयोर्कको एक आस्रय स्थलमा सारीएको थियो । १०९० ज्यानवरी मा भर्जिनिया पुगेका उनले सन १९१६ मा आत्महत्या गरेका थिए ।
हामी प्रार्थना गरौ कि एस्तो घटना फेरी फेरी सुन्न र देख्न पनि नपरोस ।
भदौ १६, २०७७ मा प्रकाशित