बच्चा चोरेको आरोपमा चार साधुमाथी निर्घात कुटपिट

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

11 views

नयादिल्ली -भारतको सांगलीमा बच्चा चोरेको आरोपमा चार साधुमाथी निर्घात कुटपिट भएको छ ।

सामाजिक संजाल मा भाइरल भएको भिडियो अनुसार भारतको सांगलिमा बालबालिका चोरेको आरोप लगाएर चार साधुमाथी निर्घात कुटपिट भएको देखिन्छ। घटनामा ऐलेसम्म कुनै उजुरी नआएको र उक्त भिडियो को छानबिन भैरहेको सांगलिका एसपी दीक्षित गेडामले जानकारी दिए ।

उता संताहरुमाथी भएको एस्तो दुर्व्यवहार सहने छैनौ । दोषी लाइ कडा सजाए हुने छ भन्दै महा राष्ट्र भाजपाका नेता र बिधायक राम कदमले उक्त घटनाको घोर निन्दा गरेका छन् ।

सन् २०२० मा पनि महाराष्ट्रमा साधुमाथि आक्रमणको भएको थियो। 

अप्रिल १६, २०२० मा, पालघरको गडचिंचले गाउँमा, गुजरातको सूरतबाट आउँदै गरेका तीन जनालाई बाटोमा केही व्यक्तिले रोकेर कारबाट बाहिर निकालेर कुटपिट गरेका थिए। कुटपिटकै कारण उनीहरुको मृत्यु पनि भएको थियो। 

मानिसहरुले उनीहरुलाई चोरको आशंका गरेका थिए। उनीहरु तीनै जना अन्त्येष्टिमा सहभागी हुन सुरततर्फ जाँदै थिए ।

 तीन जना साधुमा ७० वर्षीय महाराज कल्पवृक्षगिरी, ३५ वर्षीय सुशील गिरी महाराज र उनका एक चालक नीलेश तेलगने थिए। घटनामा संलग्न ११० जनालाई प्रहरीले पक्राउ गरेको छ जसमध्ये ९ जना नाबालिग रहेका छन् । बीबीसी

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.