

चुनावमा तालमेल नभए एक्लै प्रतिस्पर्धामा उत्रने उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्नेबारे छलफल भइरहेको बताएका छन्। उनले सकेसम्म सत्तारूढ गठबन्धनबीच चुनावमा तालमेल गरेर अगाडि बढ्ने बताए।
चुनावमा तालमेल नभए एक्लै प्रतिस्पर्धामा उत्रने उनको भनाइ छ। जनताको घरघरमा पुगेर पार्टीका उम्मेदवारलाई विजयी बनाउन अपिल गर्छौं,’ उनले भने। गठबन्धनबीच तालमेल प्रयास भइरहेको उनको भनाइ थियो।
‘जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो तर सत्तारुढ बीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ,’ उनले भने।
(राससको सहयोगमा)
Leave a Reply