बैंकहरुबीच निक्षेपकाे ब्याजदर बढाउने भद्र सहमति

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

२८ माघ, काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले शुक्रबार फागुन महिनाका लागि ब्याजदर बढाउने सहमति गरेका हुन् ।
पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव चर्को क्रममा छ । कर्जाको माग निरन्तर बढिरहेको तर निक्षेप भने आउन नसकेको भन्दै बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति गरिएको संघका एक सदस्यले जानकारी दिए । उनका अनुसार व्यक्तिगततर्फ मुद्दतिमा वार्षिक ११.०३ प्रतिशत ब्याजदर पुर्याउने सहमति भएको छ ।
यसअघि माघ महिनाका लागि बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका थिए । पुसमा बढाइएको ब्याजदर माघ महिनामा भने बढाइएन ।
तर फागुनमा भने एकैपटक करिब १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको हो । सहमति अनुसार अब वाणिज्य बैंकहरले संस्थागतमा निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछन् । यसैगरी बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत व्याजदर दिने भद्रम सहमति भएको ति सदस्यले जानकारी दिए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.