चिनियाँ विदेशमन्त्री भारत भ्रमण रद्द गरेर अफगानिस्तानमा

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

12 views

१० चैत, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ् यी भारत भ्रमण रद्द गरेर अफगानिस्तानको काबुल पुगेका छन् । उनी पाकिस्तानको इस्लामावादबाट अफगानिस्तान प्रस्थान गरेका हुन् ।

काबुलबाट वाङ् शुक्रबार नेपाल आउने छन् । यसअघि वाङ् यीले भारतको पनि भ्रमण गर्ने तय थियो । तर पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक भएका थिए ।

भारतले जम्मु कश्मिरसँग जोडिएको मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यस बारेमा नबोल्न चीनसहितका देशलाई चेतावनी दिएको थियो । त्यसैकारण वाङ भारत नआइ काबुल गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लद्दाख आसपासका क्षेत्रमा भारत र चीनबिच सीमा विवाद पनि छ । वाङ्को भारत भ्रमणका बेलामा यो सीमा विवादबारे पनि छलफल गर्ने तय थियो । भारत र चीनबिच यो सीमा विवाद समाधानका लागि पटक–पटक वार्ता भए पनि कुनै सहमति भएको छैन ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.