प्रधानमन्त्री देउवाको भारत भ्रमणः भारतसँग सम्बन्ध सुधारको अपेक्षा 

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

1 views

१६ चैत, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा यही बिहीबार तीनदिने भारत भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।

सन्दर्भविना पनि बाक्लै आवतजावत भइरहने छिमेकीबीच लामो समय देखि एक आपसमा राजनीतिक भ्रमण नभैरहेको अवस्थामा प्रधानमन्त्री देउवा यही बिहीबार तीनदिने भारत भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ । यति लामो समयसम्म उच्चस्तरीय भ्रमण हुन नसक्नु दुई देशबीचको सम्बन्धमा सौहार्दता नभएको स्पष्ट संकेत हो । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ देखि २० गतेसम्म गर्ने तीनदिने भ्रमणलाई थप सम्बन्ध कायम गर्ने अवसरका रूपमा सदुपयोग गर्नु हुने छ ।

नेपाल र भारतबीच सीमा विवादका कारण उत्पन्न असमझदारी, विशेष गरी पश्चिमी भूभाग कालापानी क्षेत्रमा भारतको दाबी र ती भूभागलाई समेटेर नेपालले नक्सा सार्वजनिक गरेसँगै दुई देशबीचको असमझदारी अझ बढेको थियो।

विवाद बढ्दै जाँदा भारतीय सेना प्रमुखले नेपाल अरूकै इसारामा चलेको आरोपसमेत लगाउन भ्याएका थिए। सीमा विवादका बारेमा छलफलका लागि नेपालका तर्फबाट पटकपटक गरिएका पहल र प्रयासलाई भारतीय पक्षले बेवास्ता गर्दै आइरहेको अवस्थामा लामो अन्तरालपछि नेपालका तर्फबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.