राप्ती नदीमा डुंगा पल्टिदा २५ विद्यार्थी घाइते , तीन जनाको उपचार जारी

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

9 views

दाङमा विद्यालय जानको लागि  राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा पल्टिदा २५ विद्यार्थी घाइते भएका छन।

लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्ययनका  लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको भन्ने खबर आएको बताए।

राजपुर गाउँपालिका- ७ राताकाँसका दिनाराम विकले डुंगा चलाएको प्रहरीले जानकारी दिएको छ। विद्यालय जान थालेका विद्यार्थी सवार डुँगा पल्टिए पछि उनीहरूको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन्। डुंगा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाको उद्धार गरेका थिए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.