
२ भदौ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकता सम्बन्धी विधेयकको छलफलका क्रममा रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।
देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।
राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए ।
नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए ।
Leave a Reply