जब आमाले चितुवाको मुखबाट आफ्नो छोरा खोसेर ल्याइन ।


भदौ ९ काठमाण्डौ : बन्दीपुर–१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।

बानियाँटारमा साँझ करिब ५ बजे  हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र त्यसको लगत्तै सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेका अनुसार साँझ करिब ६ बजे घरको पिँढीमा खेलीरहेका परियारलाई  चितुवाले तानेर लगेको र

उनलाई  लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि-पछि कुदेकी थिइन्।

प्रत्यक्षदर्शी वासु पन्थका अनुसार करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी थिइन् । परियार चितुवा को आक्रमण बाट घाइते भएको र उनको डुम्रेस्थित मोति हेल्थ क्लिनिकमा उपचार गरिएको थियो । प्राथमिक उपचार पछी उनलाई थापा उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।

केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो थियो भने  उक्त घटनामा एक बालिकासहित दुईजना घाइते भएका थिए।

भदौ ९, २०७९ मा प्रकाशित

136 views

प्रतिक्रिया

मुख्य समाचार