विभिन्न स्थानमा आगलागीबाट धनमाल जलेर नष्ट


काठमाडौं, १० भदौ- सर्लाही, चन्द्रनगर गाउँपालिका-६ नाढी बजार बस्ने ५६ वर्षीय शिवु साहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

          रौतहट, चन्द्रपुर नगरपालिका-१ दोभान बस्ने बिरबल काजी बम्जन र बम बहादुर बिकको गोठ र घरमा गएराति आगलागी हुँदा दुबै जनाको घर र गोठ जलेर करिब २१ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।   

          प्रहरीले स्थानीयबासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

भदौ १०, २०७९ मा प्रकाशित

139 views

प्रतिक्रिया

मुख्य समाचार