क्रोएसिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

काठमाडौं, १० भदौ - क्रोएसिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा धनकुटा चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने ३८ वर्षीय शान्त कुमार देवानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 वैदेशिक रोजगारीको लागि क्रोएसियाको प्रतिष्ठित अटोमोबाईल कम्पनीमा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाइ पीडितबाट २ लाख रूपैयाँ ठगी गरेका देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.