झापाको लसुना भन्सार बाट श्रोत नखुलेको रकम सहित पक्राउ


झापा, ११ भदौ - झापा गाउँपालिका-१ लसुना भन्सारबाट स्रोत नखुलेको १३ लाख ६० हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ५४ वर्षीय तेज बहादुर गणेशलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कुमुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।  

भदौ १२, २०७९ मा प्रकाशित

129 views

प्रतिक्रिया

मुख्य समाचार