विभिन्न स्थानमा गरि सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं,१२ भदौ - काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा बा.७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२-०१९ प २४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगंजमा र मोटरसाइकलमा सवार १ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-३ बजनीमा बा.७१ प २९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री पर्सा वीरगंज महानगरपालिका-१० रानीघाट बस्ने ४५ वर्षीय शम्भु साहको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।

          यसैगरी बारा, कलैया उपमहानगरपालिका-४ अदालत टोलमा बा.प्र.०१-०२६ च ११२६ नम्बरको पिकअप आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा पिकअप चालक हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी बारा, निजगढ नगरपालिका-१० स्थित सडकमा हाल नम्बर नखुलेको अटो र बागमती प्रदेश ०३-०४ प ३९९७ नम्बरको स्कुटर ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार निजगढ नगरपालिका-७ माझी टोल बस्ने शेखर पुलामीको ६ वर्षीया छोरी सिअल पुलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको निजगढ नेशनल हस्पिटल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

          नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१३ बडेरामा लु.६२ प १२९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने २९ वर्षीय बिनय रायमाझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

          दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भदौ १२, २०७९ मा प्रकाशित

134 views

प्रतिक्रिया

मुख्य समाचार