करेन्ट लागेर दुई जनाको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवा बस्ने ३७ वर्षीय कमराज थारुको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । सोही ठाउँ बस्ने गोपाल थारुको घरमा विद्युत नआएको भनी विद्युतको पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सिरहा, अर्नामा गाउँपालिका-४ लक्ष्मीपुर बस्ने ३५ वर्षीय सुरेन यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.