भन्सार छली चोरी पैठारी गरी ल्याइएका मोबाइल सहित दुई जना पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

काठमाडौं, १३ भदौ - भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका बिभिन्न कम्पनीका ४५ थान मोबाइल सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

          पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ घर भई काठमाडौं गोलढुङ्गा बस्ने २७ वर्षीय प्रकाश थापा र ओखलढुङ्गा लिखु गाउँपालिका-१ घर भई काठमाडौं बोराटार बस्ने २६ वर्षीय सैलेश कार्की रहेका छन् ।

          विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु बाइसधारास्थित प्रकाश थापाको एसयूटी पुट टेक्नोलोजी प्रालीमा तलासी गर्दा उक्त मोबाइलहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

          उनीहरूलाई आवश्यक कारबाहीको लागी अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा पठाइएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष बाट

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.