सवारी दुर्घटनामा दुई जनाको मृत्यु 


काठमाडौं, १३ भदौ - रुपन्देही, तिलोत्तमा नगरपालिका-७ भलवारीमा बा.प्र.०२-०३-०३५ प ४१४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही हरिपुर गाउँपालिका-१ बस्ने २७ वर्षीय राज चौधरीको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१४ धर्मबस्तीस्थित सडकमा लु.२७ प ७९५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय मन बहादुर जर्घा मगरको मृत्यु भएको छ ।

भदौ १४, २०७९ मा प्रकाशित

166 views

प्रतिक्रिया

मुख्य समाचार