सवारी दुर्घटनामा एक जनाको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

11 views

काठमाण्डौ , १७ भदौ-रोल्पा नगरपालिका-२ घट्टेखोलास्थित सडकमा रा.१ ह ३०२२ नम्वरको अटो आफैँ अन्यिन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा अटोमा सवार रोल्पा नगरपालिका-२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

          प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.