पहिरोको कारण सडक अवरोध


काठमाडौं, १६ भदौ  - म्याग्दी, रघुगंगा गाउँपालिका-२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरूपामा अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

          चितवन, भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मुग्लिन-नारायणगढ सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको  छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

          पर्वत, मोदी गाउँपालिका-५ अम्बोटस्थित पोखरा बाग्लुङ सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

          लमजुङ, मर्स्याङदी गाउँपालिका-८ सिमलचौरस्थित बेसीशहर मानाङ जाने बैकल्पिक बाटोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

          सुनसरी, बराहक्षेत्र नगरपालिका-१ सत्र नम्बर र भलायो डाँडास्थित चतरा बराहक्षेत्र भित्री सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र प्रहरी चौकी बराहक्षेत्रबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष

भदौ १६, २०७९ मा प्रकाशित

154 views

प्रतिक्रिया

मुख्य समाचार