धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

नुवाकोट, १६ भदौ - तादी गाउँपालिका-५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खरानिटारबाट खटिएको प्रहरीले धारिलो हतियार प्रहार गर्ने शम्भुलाई हसियाँ सहित पक्राउ गरेको हो । साथै घाइतेलाई उपचारका लागि खरानिटार अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा बुधबार साँझ दुर्गाको मृत्यु भएको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.