स्रोत नखुलेको नगद सहित पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

पर्सा, २० भदौ - वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१२ बस्ने २७ वर्षीय सुरज पटेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

          भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.५२ प २४२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुरजले हेलमेटभित्र लुकाई ल्याएको उक्त नगद फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.