७ वर्षीया बालिका मृत अवस्थामा फेला  

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

काठमाडौं, २१ भदौ - गुल्मी, ईस्मा गाउँपालिका-२ मझुवा बस्ने प्रकाश कुवँरको ७ वर्षीया छोरी कृष्टिना कुवँर सोही ठाउँस्थित छल्दीखोलामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । भदौ १२ गते देखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको  हो ।

          कैलाली, धनगढी उपमहानगरपालिका-३ स्थित लक्ष्मी विकास बैंक पछाडि गौरीगङ्गा नगरपालिका-१ बस्ने ३६ वर्षीय लोकेन्द्र घर्तीमगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

          यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कमा बाँके हल्दारपुर बस्ने ६५ वर्षीय दिपक ढुङ्गाना सोमबार मृत अवस्थामा फेला परेका छन् ।

          रोल्पा, गंगादेव गाउँपालिका-२ सितलाचौरस्थित खोल्सामा सल्यान बाघचौर नगरपालिका-२ बस्ने ५० वर्षीय गाइने बादी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.