कतै तपाइँपनि प्रहरीलाई आर्थिक प्रलोभन देखाउने सोचमा त हुनुहुन्न ?

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

भक्तपुर, २३ भदौ - प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.