आफ्नै घरको इनारमा डुबेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

काठमाडौं, २६ भदौ - काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-३ घर भएका ७६ वर्षीय हेम बहादुर मल्लको आफ्नै घरको कम्पाउण्ड छेउमा रहेको इनारमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

          कपिलवस्तु, शिवराज नगरपालिका-२ बसन्तपुरस्थित माछा पोखरीमा डुबेर उक्त पोखरीको चौकिदार सोही नगरपालिका-१ बन्कसबासा बस्ने ५० वर्षीय कुबेर सिंह बुढामगरको शुक्रबार साँझ मृत्यु भएको छ ।

          धनुषा, जनकपुर उपमहानगरपालिका-३ सोनसति मन्दिर नजिक पोखरीमा डुबेर सोही ठाउँ मामा घर बस्ने महोत्तरी औरही नगरपालिका-४ कटुवार घर भएका मनोहर सदाकी छोरी १ वर्षीया राखी सादाको शुक्रबार दिउँसो मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

          कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोल बस्ने ५३ वर्षीय रंगलाल बादी सोही नगरपालिका-३ जोगवुढा नदीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । उक्त नदीमा बगि आएको दाउरा तान्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.