चोरीमा गर्दै गरेको अवस्थामा पक्राउ   

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

सुनसरी, २७ भदौ- ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने मुकुन्द साहु तेलीको घरमा चोरी गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय सरोज मुडियारी र २८ वर्षीय अमन चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

          घरको ढोका फोरी भित्र पसेर चोरी गर्दै गरेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । साथै अमनको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोजन ६२ ट्याबलेट समेत बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.