७५ किलो अवैध लागूऔषध गाँजा बरामद  


उदयपुर, २९ भदौ - कटारी नगरपालिका-१० चिपटार सुनकोशी बगरबाट करिब ७५ किलोग्राम अवैध लागूऔषध गाँजा मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

          उक्त गाँजा बोकी सुनकोशी बगरबाट कोशी तार्न लागेका अपरिचित व्यक्तिहरू ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीलाई देख्नासाथ फरार भएपछि उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।

          हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भदौ २९, २०७९ मा प्रकाशित

334 views

प्रतिक्रिया

मुख्य समाचार