तिलगंगाले भित्र्यायो नयाँ प्रविधि, एक जनाको आँखाबाट चार जनालाई दृष्टि दिन मिल्ने


तिलगंगा आँखा प्रतिष्ठानले एक जनाको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सक्ने नयाँ प्रविधि भित्र्याएको छ ।

डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ नामक अन्तर्राष्ट्रियस्तरको प्रविधि १० महिनाअघि भित्रिएको प्रतिष्ठानका आई बैंक व्यवस्थापक शंख नारायण त्वाय्नाले बताएका छन् ।

नयाँ प्रविधिबाट आँखाको कुन भागमा समस्या भएको हो त्यो भागमा समस्या भएको हो त्यो पहिल्याएर सोही भाग मात्रै प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वाय्नाले जानकारी दिएका छन् ।

आँखाको नाँनीमा पाँच तह हुने हुँदा उक्त प्रविधिबाट कुन तहमा समस्या भएको हो त्यसको पहिचान गरेर सोही भागमा मात्रै प्रत्यारोपण गर्न सकिने हुँदा एक व्यक्तिको २ आँखा ४ जनालाई प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वाय्नाले बताएका छन् ।

नयाँ प्रविधि नेपाल भित्रिएपछि  ६० जनाले नयाँ जीवन पाएको त्वाय्नाले जानकारी दिएका छन् । 
प्रविधि भित्रिएपनि चिकित्सकको कमी भएकाले सोचेजस्तो काम गर्न नसकिएको उनको गुणसो रहेको छ । अहिले तिलगंगामा १२ जना मात्रै आँखा प्रत्यारोपण गराउने चिकित्सक रहेका छन् । 

चैत्र २१, २०७५ मा प्रकाशित

129 views

प्रतिक्रिया

मुख्य समाचार