जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको पहिलो हाफमा नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका छन्।
माल्दिभ्सले १९औँ मिनेटमा इब्राहिम हुसेनको गाेलमा लिएको अग्रतालाई अभिषेक रिजालले ४३औँ मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् । आफ्नो घरेलु मैदान त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अभिषेकले उत्कृष्ट गोल गर्दै माल्दिभ्सलाई १–१ को बराबरीमा रोकेका हुन् ।
नेपाल सागको साविक विजेता हो भने माल्दिभ्स सन् २०१८ को साफ च्याम्पियन टिम हो ।
Leave a Reply