महिला क्रिकेट : अञ्जलीको अर्काे उत्कृष्ट प्रदर्शन

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

14 views

१३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाली महिला टोलीले फराकिलो जित निकालेको छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा  माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गरेको हो । पोखरा रंगशाला भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाउँदा सबै विकेट गुमायो । ९ रनको लक्ष्य नेपालले जम्मा ५ बलमा कुनै विकेट नगुमाई ९ रन बनाई पूरा गर्‍यो । यसअघि पनि माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अञ्जली चन्दले हाज पनि ४ विकेट मालदिभ्सका लागि ओपनर अइमा अइसादले १ रन बनाउनुबाहेक अन्यले रन जोड्न सकेनन् । ७ रन नेपालका बलरले वाइडकारुपमा अतिरिक्त दिएका थिए। सीता राना मगर र रुविना क्षेत्रीले २–२ विकेट लिए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.