३७ औं मिनेटमा भुटानले नेपालमाथि गोल फर्कायो

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

13 views

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपालले १७ औं मिनेटमा गरेको अग्रतालाई भुटानले रोकेको छ। खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि गरेको गोलको जवाफ भुटानका कप्तान चेन्चो ग्याल्चेनले गोल गर्दै बराबरी गरेका हुन्। दशरथ रंगशालामा मंगलबार दिउँसो ठिक ३ बजे सुरु भएको फाइनल भिडन्तको १७ औं मिनेटमा नेपालले अग्रता लिएको थियो। भुटानले बराबरी गोल गरेसँगै नेपालमाथि प्रेसर बढेको छ। आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो। नेपालले लिग चरणको खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो। नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो। राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलको शीर्ष स्थानमा रहेका नेपालले चार खेलबाट १० अंक बनाएको छ। नेपालले तीन जित र एक बराबरी नतिजा निकालेको थियो। तीन जित र एक हार खेपेको भुटान उपविजेता बन्यो। भुटानले नौ अंक बनाएको छ। नेपालका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले राम्रो खेल्दै फाइनलमा स्थान बनाएको र उपाधि नजिक पुगेको बताएका छन्। ‘हामीले सबै खेलमा राम्रो खेल्यौं। लिग चरणको एउटा खेलमा इन्जुरी समयको गोलले बराबरी भयो। लिग चरणमै भुटानलाई फराकिलो अन्तरले हराएकोले फेरि हराएर उपाधि जित्न चाहन्छौं’, उनले भने। फाइनल खेल उपाधि रक्षाका लागि खेल्ने उनले बताए। नेपाल साग फुटबलको साबिक विजेता हो। भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.